|
नयाँ नयाँ खानाका परिकारहरु टेस्टगर्दै हिड्नेहरुका लागी एउटा नौलो प्रकारको रेष्टुरेन्ट खुलेको छ । सधैं एक प्रकारको लन्च डिनर के मज्जा हुन्छ । त्यही जाबो खसिको सेकुवा, त्यही जाबो चिकन बिर्यानी, त्यही जाबो मटन पिज्जा, त्यही जाबो बफ म म पोर्क पिज्जा, ढिंडो र गुन्द्रुक, देखी पिज्जा र रोष्ट ।
एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्स् कहिल्लै फर्किएर आउनु हुन्न ।
उल्लुको छोएलाः५० रुपैया प्रति प्लेट
भेज पकौडा ९गोरुको तेलमा फ्राई गरिएको० प्लेटको १०० रुपैयां
स्यालको फोक्सो फ्राई, तितेकरेलाको झोलसाग ।।।।।सेटको असी
। गाड्यौलाको अचारः भ्यागुताको चेपागाँडाँ भुटेकोः थालको २५ रुपैया
गधाको पुच्छर फ्राईका साथमा बड्क्यौालाद्धारा निर्मित स्पेशल वाइनः घ्याम्पाको १५ तिन प्लेट झिंगा भुटनको साथमा चिराइतोको रस एक एक बोतल सित्थैमा १
एकपटक आफु खानोस् र अरुलाई पनि खुवाउनोस् ।
परेको हामी ब्यहोर्छौ, पैसा तपाईं तिर्नोस् ।
-यमलोक रेस्टुरेन्ट एण्ड बार चिहानघारीसगै । -
|